वीरगंज, २८ मंसिर । छैठौं कर्पोरेट सुपर सिक्स क्रिकेट टुर्नामेन्ट–२०८२ को उपाधि प्रिन्स्टिाइन भ्यालीले जितेको छ।
वीरगंजको आदर्शनगर रङ्गशालामा सम्पन्न फाइनल खेलमा भ्यालीले दिएको ८२ रनको लक्ष्य अग्नि गु्रपले बराबरी गरेपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा अग्निले जम्मा २ रन मात्र बनाउन सकेकोमा भ्यालीले ३ रन बनाउँदै रोमाञ्चक जित निकालेर च्याम्पियन बन्न सफल भयो।
सेमिफाइनल चरणमा भ्याली र राष्ट्र बैंक तथा अग्नि र वाणिज्य बैंकबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगिता अन्तर्गत प्लेयर अफ द सिरिज अग्निका विक्रम बस्नेत, बेस्ट ब्याटर भ्यालीका अफ्ताब हुसैन र बेस्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता घोषित भए।
वीरगंज स्पोट्र्स एकाडेमीका अध्यक्ष तथा लायन्स क्लबका रिजन चेयरपर्सन सन्दिप गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा सहनवाज अन्सारी, नरोत्तम पाण्डे, राम बिहारी पाण्डे, डा. रमेश कुमार अग्रवाल, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम लगायतको सहभागिता थियो ।
प्रतियोगितामा बैंक, फाइनान्स तथा विभिन्न कोर्पाेरेट क्षेत्रका गरी २४ टिमले सहभागीता जनाएका थिए।













