वीरगंज जेसिजको अध्यक्षमा रविन्द्र श्रेष्ठ चयन

वीरगंज, २८ मंसिर ।  वीरगंज जेसिजको ५३औं साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न भएको छ ।
वीरगंज जेसिज वर्ष २०२५ का अध्यक्ष सिनेटर सरोज चौरसियाको अध्यक्ष्Fतामा भएको साधारण सभा वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ।
नयाँ कार्यसमितिको अध्यक्ष पदमा जेसी रविन्द्र श्रेष्ठ चयन भएका छन् भने कार्यकारिणी उपाध्यक्ष पदमा जेसी रोशन दास थारू तथा जेसी रामानन्द चौधरी चयन भएका छन् । त्यस्तै उपाध्यक्ष पदमा क्रमशः जेसी निश्चल प्रजापति, जेसी दीपक कुमार मेहता, जेसी रोहित गुप्ता र जेसी राकेश प्रसाद कुशवाहा निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष जेसी रविन्द्र श्रेष्ठले आफ्नो कार्यकाललाई प्रभावकारी, उत्तरदायी तथा सफल बनाउने उद्देश्यले कार्यसमितिलाई पूर्णता दिँदै जेसी उमेश गुप्तालाई कानुनी सल्लाहकार, जेसी प्रकाश साहलाई महासचिव तथा जेसी पप्पु गुप्तालाई कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् ।
सम्बन्धित पोस्टहरुः