एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन

काठमाडौँ, २९ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि परेका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ । यहाँको भृकुटीमण्डपमा जारी बन्दसत्रस्थलमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज करिब ९ः०० बजे प्रारम्भिक नामावली प्रकाशन गरेको हो । प्रकाशित नामावलीअनुसार एक अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी […]
सर्लाहीमा आगलागी हुँदा झन्डै ३ करोडको उखु जलेर नष्ट

वीरगंज , मंसिर – ३० सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीको उखु खेतबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली सखाप भएको हो । काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखु जलेपछि किसान दुखित बनेका छन । चौधरीका अनुसार २ […]
मधेश प्रदेशमा फेरि मन्त्रिमण्डल विस्तार

जनकपुरधाम, २९ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन। मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका दुर्ई मन्त्रीले सोमवार प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनीयताको शपथ लिएका हुन। सोमवार साँझ लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति र माओवादी केन्द्रका जवाहरलाल कुश्वाहाले ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीको रूपमा शपथ […]
विद्यालय पोशाक नलगाई बुर्का लगाउने कार्यबारे प्रजिअको ध्यानाकर्षण

वीरगंज। हिन्दू सम्राट नेपाल, पर्साले सोमवार जिल्ला प्रशासन कार्यालय, पर्सामा ज्ञापनपत्र बुझाउँदै विद्यालयमा अध्ययनरत छात्राहरुले विद्यालय पोशाक नलगाई बुर्का लगाउने कार्यबारे प्रजिअको ध्यानाकर्षण गराएको छ । पर्सा जिल्ला कार्य समितिका अध्यक्ष बिकाश साहको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै विद्यालयमा अध्ययनरत छात्रछात्रा देशका कर्णधार भएकाले धर्मका आधारमा फरक–फरक पोसाकको सट्टा एकसमान विद्यालय […]
रास्वपा वीरगंज महानगर सभापतिमा महमुद्दिन आलम चयन

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वीरगंज महानगर भेलाले महमद महमुद्दिन आलमको अध्यक्षतामा २५ सदस्यीय महानगर समिति सर्वसम्मत रूपमा चयन गरेको छ । समितिको उपसभापतिमा परितोष द्विवेदी, सचिवमा गौतम श्रेष्ठ उप सचिवमा मुन्ना साह र सदस्यहरूमा कमल भुजेल, देबकी गुरूङ, रत्ना मानन्धर, पूर्णिमा शर्मा, सञ्जु शर्मा, कन्हैया प्रसाद, सन्दिप कुशवाह, आस महम्मद मन्सुरी, आजम मियाँ अन्सारी, […]
पत्रकार फैजुल्लाह आलमको परिवारलाई सहयोग

वीरगंज , मंसिर – ३० मस्तिष्कघातका कारण भरतपुरमा उपचाररत अग्रज पत्रकार फैजुल्लाह आलमको कमजोर आर्थिक अवस्थालाई मध्यनजर राख्दै नेपाल पत्रकार महासंघ बारा शाखाले आर्थिक सहयोग प्रदान गरेको छ । उपचारमा केही राहत मिलोस् भन्ने उद्देश्यले महासंघ बाराले रु २० हजार रुपैयाँको चेक आलमकी श्रीमती सकिना खातुनलाई परवानीपुरस्थित निवासमै पुगेर हस्तान्तरण गरेको हो । चेकमा महासंघ […]
गरीब, असहायहरुलाई कम्बल वितरण

वीरगंज, २९ मंसिर । भाजपा नेता तथा समाजसेवी पार्वती तिवारीले आइतवार राति १० बजेतिर रक्सौलको मुख्य बस स्ट्यान्ड, रेलवे स्टेशन र अन्य सार्वजनिक स्थानहरूमा रहेका महिला, पुरूष र ज्येष्ठ नागरिकहरूलाई कम्बल वितरण गरेको छ । भाजपा जिल्ला महिला मोर्चा, रक्सौलकी महासचिव र सामाजिक कार्यकर्ता तिवारीले सडकमा आश्रितहरूलाई न्यानो कम्बल प्रदान गर्दै गरिब र खाँचोमा परेकाहरूको सेवा […]
सनलाइट कपः विद्या सागर मावि विजयी

वीरगंज, २९ मंसिर । सनलाइट कप अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता–२०८२ मा विद्यासागर मावि विजयी भएको छ । नारायणी रङ्गशालामा सोमवार सम्पन्न फाइनल खेल एम.ई.एस. मा.बि. र बिधासागर मा.बि.बीच भएको थियो। टस जितेर बिधासागर मा.बि.ले पहिलो ब्याटिङ रोज्दै निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १३० रन बनाएको थियो र एम.ई.एस. मा.बि.लाई १३१ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा […]
सञ्चारकर्मीहरुले आफूलाई निरन्तर अपडेट गर्नुपर्ने– पूर्वमुख्यमन्त्री गद्दी

वीरगंज। मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दीले सञ्चारकर्मीहरूले आफूलाई निरन्तर अपडेट गर्न आवश्यक रहेको बताएका छन् । आमसञ्चार प्राधिकरण मधेस प्रदेशद्वारा पर्साका सञ्चारकर्मीहरूका लागि सोमवार वीरगंजमा आयोजित कृत्रिम बौद्धिकता (एआई) प्रयोगसम्बन्धी एकदिने तालिम कार्यक्रमको उदघाटन गर्दै पूर्व मुख्यमन्त्री राउतले बदलिँदो विज्ञान र प्रविधिले हासिल गरेको प्रगतिलाई समयमै आत्मसात गर्न आवश्यक रहेको बताए । उनले समाजलाई […]
बढ्दो प्रविधिलाई सहि सदुपयोग गर्न पत्रकारहरुलाई अध्यक्ष खनालको सुझाव

वीरगंज , मंसिर – ३० आम सञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ पर्साको समन्वयमा पर्सेली पत्रकारहरूका लागि एकदिने एआई (कृत्रिम बुद्धिमत्ता) सम्बन्धी तालिम सम्पन्न भएको छ । वीरगंजमा आयोजित तालिमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले यो बढ्दो प्रविधिलाई सही सदुपयोग गर्न सहभागी सञ्चारकर्मीहरूलाई सझाव दिएका थिए । सञ्चारकर्मीहरूले […]