बढ्दो प्रविधिलाई सहि सदुपयोग गर्न पत्रकारहरुलाई अध्यक्ष खनालको सुझाव

वीरगंज , मंसिर – ३०

आम सञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ पर्साको समन्वयमा पर्सेली पत्रकारहरूका लागि एकदिने एआई (कृत्रिम बुद्धिमत्ता) सम्बन्धी तालिम सम्पन्न भएको छ ।

वीरगंजमा आयोजित तालिमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले यो बढ्दो प्रविधिलाई सही सदुपयोग गर्न सहभागी सञ्चारकर्मीहरूलाई सझाव दिएका थिए ।

सञ्चारकर्मीहरूले निष्पक्ष रूपमा कलम चलाउनुपर्नेमा अध्यक्ष खनाललेको जोड छ । समाजलाई सही दिशानिर्देश गर्न सञ्चारकर्मीहरूको भूमिकाको उनले प्रशंसा गरे । वास्तविक पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकारले अझै सीपमूलक तालिमहरूको आयोजना गर्नुपर्नेमा उनले जोड दिए ।

आम सञ्चार प्राधिकरणका प्रमुख जितेन्द्र खर्गेको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दी, नेपाल पत्रकार महासंघका पूर्व महासचिव दीपेन्द्र चौहान, महासंघका सचिव आशोक तिवारी, पत्रकार महासंघ मधेश प्रदेशका सचिव दीपक गौतम तथा नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय महतो लगायतका उपस्थिति थिए ।

तालिममा सहभागी पत्रकारहरूलाई एआई (कृत्रिम बुद्धिमत्ता) सम्बन्धी प्रशिक्षण पत्रकार सुरेश विडारीले दिएक थिए । उनले एआईबाट समाचार संकलन, सामग्री सम्पादन, तथ्य परीक्षण तथा डिजिटल पत्रकारितामा पुर्यााउने योगदानबारे बताए । एआई प्रविधिको जिम्मेवार र नैतिक प्रयोगले सञ्चार क्षेत्रलाई थप प्रभावकारी बनाउने समेत उनको भनाई थियो ।

कार्यक्रममा सहभागीहरूले एआईका आधारभूत अवधारणा, व्यवहारिक प्रयोग, अवसर तथा चुनौतीबारे चर्चा गरेका थिए । तालिमले सहभागीहरूको सीप अभिवृद्धि गर्दै आधुनिक सञ्चार अभ्यासमा सहयोग पुर्यारउने अपेक्षा गरिएको छ ।

सम्बन्धित पोस्टहरुः