सर्लाहीमा आगलागी हुँदा झन्डै ३ करोडको उखु जलेर नष्ट

वीरगंज , मंसिर – ३०

सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।
विद्युतको तार सर्ट भएर मुना चौधरीको उखु खेतबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली सखाप भएको हो ।

काटेर चिनी मिललाई बिक्री गर्ने बेला भएको उखु जलेपछि किसान दुखित बनेका छन ।

चौधरीका अनुसार २ सय भन्दा किसानले लगाएको २ सय बिघाको उखु जलेर नष्ट भएको छ ।

आगलागी भएको बेला आफुहरुले विद्युत प्राधिकरणलाई पटकपटक फोन गर्दा बेवास्ता गर्दा ठुलो क्षती भएको उनले गुनासो गरे । क्षतिपूर्ति पाउनु पर्ने पीडित किसानहरुको माग रहेको समेत उनले घण्टाघर टिभीसंगको कुराकानीमा बताए ।

तर गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले आफूलाई प्राप्त जानकारी अनुसार ५०/६० बिघाको उखु जलेको बताए । करिब दुई हजार जति गाउँले, समाजसेवी सरोज यादवले प्रदान गरेको एउटा दमकल, प्रहरी र सशस्त्र प्रहरी भएर करिब पाँच घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छन् ।

प्रमुख यादवले आगलागीबाट करिब तीन करोड रुपियाँको उखु जलेको जानकारी दिए ।

काट्ने बेला भएको उखुमा चिनीको मात्रा धेरै हुने भएकाले ठुलो आगो फैलिएको प्रमुख यादवको भनाइ छ ।

तस्बिर सौजन्य: जनार्दन खत्री/गोरखापत्र

सम्बन्धित पोस्टहरुः