हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल

लाहोर : पाकिस्तानको एक आतङ्कवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ । उक्त सजाय एक वर्षभन्दा बढी समयअघि देशका तत्कालीन प्रधानन्यायाधीशको हत्याका लागि सार्वजनिक रूपमा आह्वान गरेको घटनासँग सम्बन्धित रहेको अदालतका अधिकारीहरू तथा प्रतिरक्षा पक्षका वकिलले मङ्गलबार जानकारी दिएका छन् । प्रतिबन्धित […]

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो यसै सातादेखि

काठमाडौँ, १ पुसः आइओएफटिसी नेपालको आयोजनामा यही पुस ३ देखि ५ गतेसम्म १५औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) हुने भएको छ। आइओएफटिसी नेपालका संस्थापक तथा निर्देशक दिवाकार महर्जनका अनुसार प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ । निर्देशक महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपले २५ वर्षको यात्रा तय गरेको बताउनुभयो । ‘सन् २००० मा […]

५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, १ पुसः नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतिस्थित सडकमा ट्याक्सी जाँच गर्ने क्रममा लागुऔषध गाँजासहित भारतको केरलाका ३८ वर्षीय सोन साइमान ग्रेसेसलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार ट्याक्सीबाट २३ किलो गाँजा […]

विनोद गुप्ताको आलेख सङ्ग्रह ‘समसामयिक लेख’ पढ्नुहोस्

लेखक विनोद गुप्ताको आलेख सङ्ग्रह ‘समसामयिक लेख’ पुस्तक ई–बूकमा (पिडिएफ) मा उपलब्ध छ । पढ्न अथवा डाउनलोड गर्न कृपया यहाँ क्लिक गर्नुहोला

ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते

बागमती, १ पुसः मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । लु५त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बकैया गाउँपालिका–७ अँधेरी निवासी ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय शन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी […]

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ, १ पुस : नेकपा (एमाले) को ११आँै राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित हुनुभएको छ । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उहाँहरू सर्वसम्मत निर्वाचित हुनुभएको छ । उहाँका अनुसार लुम्बनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लिलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल […]

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

भजनी (कैलाली), १ पुसः ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक्त समाजको अपेक्षा गरेको बताउनुभएको छ । कैलालीको जानकी गाउँपालिकाले आज आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको बताउनुभयो । “हामी अहिले जनताको माझमा जाँदै […]

छात्र टि–१० नकआउट क्रिकेट प्रतियोगिता बुधवारदेखि

वीरगंज । प्याब्सन वीरगंजको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्रा तथा जुनियर छात्र टि–१० नकआउट क्रिकेट प्रतियोगिता बुधवारदेखि शुरू हुने भएको छ । वीरगंज महानगरपालिका–१० स्थित आदर्शनगर रंगशालामा आयोजना गरिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज सन साइन बोर्डिङ स्कूलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो । प्याब्सन वीरगंजका सचिव अमित आलोकका अनुसार विद्यार्थीहरूको गुणस्तरीय शिक्षासँगै खेलकुद, […]

गाँजासहित पर्सामा एकजना पक्राउ

वीरगंज , पुष – १ वीरगंज – पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर १ बस्ने २८ बर्षिय शुभराज श्रेष्ट रहेका छन अलौबाट कोनियातर्फ जाँदै गरेको अवस्थामा बा २१ च ७८५५ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा गाडीमा परालले छोपी राखिएको १७६ […]

पत्रकारमाथि दुव्यर्वहार गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै पत्रकारद्वारा डेलिगेशन

वीरगंज, १ पुस । गत बुधवार समाचार सङ्कलनको क्रममा जीराभवानी गाउँपालिका पुगेका पत्रकार शैलेश गुप्तामाथि त्यहाँका केही कर्मचारीले दुव्यर्वहार गरेको विरोधमा आज प्रेस चौतारी नेपाल पर्साको टोलीले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई डेलिगेशन दिएका छन् । प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रको अगुवाईमा पुगेका सञ्चारकर्मीहरुको टोलीले प्रजिअ दाहाललाई घटनाबारे जानकारी गराउँदै पत्रकार गुप्तामाथि दुव्र्यवहार […]