वीरगंज , पुष – १
वीरगंज – पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर १ बस्ने २८ बर्षिय शुभराज श्रेष्ट रहेका छन
अलौबाट कोनियातर्फ जाँदै गरेको अवस्थामा बा २१ च ७८५५ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा गाडीमा परालले छोपी राखिएको १७६ किलो गाँजा फेला परेको हो । लागुऔषध गाँजा फेला परेपछि गाडी चलाई रहेका श्रेष्टलाई पक्राउ गरिएको पर्साले जनाएको छ ।
पक्राउ परेका श्रेष्टलाई पहरीको हिरासतमा राखी आवश्यक अनुसन्धान भईरहेको छ ।














