छात्र टि–१० नकआउट क्रिकेट प्रतियोगिता बुधवारदेखि

वीरगंज । प्याब्सन वीरगंजको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्रा तथा जुनियर छात्र टि–१० नकआउट क्रिकेट प्रतियोगिता बुधवारदेखि शुरू हुने भएको छ ।

वीरगंज महानगरपालिका–१० स्थित आदर्शनगर रंगशालामा आयोजना गरिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज सन साइन बोर्डिङ स्कूलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो ।

प्याब्सन वीरगंजका सचिव अमित आलोकका अनुसार विद्यार्थीहरूको गुणस्तरीय शिक्षासँगै खेलकुद, नृत्य तथा अनुशासन क्षमताको विकास गर्ने उद्देश्यले प्याब्सनले प्रत्येक वर्ष यस्ता खेलकुद कार्यक्रम तथा अभियानहरू सञ्चालन गर्दै आएको बताए ।

प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले निजी विद्यालयहरूबाट ३३७ जना छात्रा र ४३४ जना जुनियर छात्रहरूको सहभागीता रहने प्रतियोगिताको उदघाटन बुधवार बिहान ११ बजे वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गर्ने कार्यक्रम तय भएको जानकारी गराए ।

प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख रुपियाँँ खर्च अनुमान गर्दै उनले खेल सामग्री, पुरस्कार, ट्रफी तथा व्यवस्थापन खर्च हुने बताइएको छ । कक्षा १० सम्मका विद्यार्थीहरू तथा जुनियर छात्रतर्फ कक्षा ६ सम्मका विद्यार्थीहरू सहभागी हुने  प्रतियोगिता टि–१० नकआउट प्रणालीमा सञ्चालन गर्न  लागेको बताइएको छ ।

पत्रकार सम्मेलनमा प्याब्सन जिल्ला कार्यसमिति सचिव अशोक संग्रौला, प्याब्सन महानगर उपाध्यक्ष शर्मानन्द कुशवाहा, हिसान जिल्ला उपाध्यक्ष आलोक चौरसिया, प्याब्सन महानगर सदस्य विजय बल, सल्लाहकार मार्टिन मोक्तानलगायतको सहभागिता थियो ।

सम्बन्धित पोस्टहरुः