कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती

लुम्बिनी, २ पुसः नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई वटा हात्ती आज कतार पठाइएको छ । चितवन सौराहाबाट सोमबार खोरसहितको ट्रक चढाएर भैरहवा ल्याइएका दुईवटा हात्तीलाई आज कतार एयरवेजको कार्गो चार्टर विमानबाट कतार पठाइएको हो । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर कार्गो जहाजबाट आज दिउँसो ५ […]
नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ, २ पुस : १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । दुबईमा आज एसिया कप अन्तर्गत समूह ‘बी’ को समूह चरणको आफनो अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २६.५ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । अफगानिस्तानका […]
मधेश प्रदेश सभामा पुष ६ गते नयाँ सभामुख चयन हुने

वीरगंज , पुष – २ मधेश प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ। उपसभामुख बबिता राउतले प्रदेशसभा बैठकमार्फत सभामुख चयन प्रक्रिया सञ्चालन गरिने जानकारी दिएकी छन् । उनका अनुसार सभामुख चयनका लागि आवश्यक निर्वाचनसम्बन्धी प्रक्रिया सूचना प्रकाशित गरी सार्वजनिक गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिइएको छ । यसअघि […]
नेपाल कांग्रेस, पर्साद्वारा ४३ जनाको नाम सिफारिस

वीरगंज, २ पुस । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक प्रणाली र राष्ट्रियसभा सदस्यका लागि गरी ४३ जनाको नाम सिफारिस गरेको जनाएको छ। बुधवार वीरगंज महानगरपालिका–२४ रामगढवास्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमिति बैठकले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रीय समितिबाट प्राप्त सिफारिसलाई सर्वसम्मत रूपमा पारित गर्दै केन्द्रिय कार्यालयमा […]
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ, २ पुसः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७० अङ्कले बढेर दुई हजार ६२५ दशमलव ७० बिन्दुमा कायम भएको हो । आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा रू चार अर्ब पाँच करोड ३७ लाख […]
नगरप्रमुख सिंहद्वारा खेल क्षेत्रमा प्याब्सनको योगदानको प्रशंसा

वीरगंज । नगरप्रमुख राजेशमान सिंहले प्याब्सनले शिक्षासँग खेल क्षेत्रमा पनि योगदान गरेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरगंजको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्रा तथा जुनियर छात्र टि–१० नकआउट क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै नगर प्रमुख सिंहले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै खेलकुद, नृत्य तथा अनुशासन क्षमताको विकास गर्नुपर्नेमा जोड दिए । बुधवारदेखि वीरगंज महानगरपालिका–१० […]
ठूलो संख्यामा रोहिङ्गया शरणार्थी नेपाल प्रवेश गरेपछि स्थानीयले भारत फिर्ता पठाए

वीरगंज, २ पुस । भारतको रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्न लागेको रोहिङ्गया शरणार्थीहरूको समूहलाई भारत मै फिर्ता पठाइएको छ । बुधवार बिहान करीब १५ वटा टाँगामा आएका सयजना रोहिङ्गया शरणार्थी नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि स्थानीयवासीले बाइपास रोडको नगवा क्षेत्र अगाडि उनीहरूलाई रोकेर सोधपुछ गरेका थिए । सोधपुछका क्रममा उनीहरूले भारतको उत्तर प्रदेश […]
बाराका प्रहरी नायब निरीक्षक बस्नेत उत्कृष्ट प्रहरी घोषित

बारा, २ पुस । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले अपराध नियन्त्रण तथा अनुसन्धानमा देखाएको कार्यक्षमताको कदर गर्दै प्रहरी नायब निरीक्षक दीपककुमार बस्नेतलाई मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेका छन् । बारा प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत बस्नेतले मिनरल वाटर उद्योगका प्रबन्धकको हत्या प्रकरणमा संलग्न अभियुक्तलाई १६ घण्टाभित्रै पक्राउ गर्न सफल […]
पर्सामा एक महिनामा ३४ व्यक्ति बेपत्ता, महिला र बालिकाको संख्या बढी

वीरगंज , पुष – २ पर्सा प्रहरीले मंसिर महिनाको सुरुवातदेखि हालसम्मको बेपत्ता व्यक्तिहरूको तथ्यांक सार्वजनिक गरेको छ। विवरणअनुसार गत एक महिनामा कुल ३४ व्यक्ति बेपत्ता भएका छन्, जसमा २० जना अझै सम्पर्कविहीन रहेका छन् । प्रहरीका अनुसार फेला परेका १४ जनामध्ये ४ जना महिला, ६ जना बालिका र ४ जना बालक रहेका छन्। तर अझै […]
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

पर्सा, २ पुसः वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १२ अर्ब एक करोडअर्थात् १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । जबकी कार्यालयले गत आवको पाँच महिनामा भने रु ८४ अर्ब […]