बाराका प्रहरी नायब निरीक्षक बस्नेत उत्कृष्ट प्रहरी घोषित

बारा, २ पुस । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले अपराध नियन्त्रण तथा अनुसन्धानमा देखाएको कार्यक्षमताको कदर गर्दै प्रहरी नायब निरीक्षक दीपककुमार बस्नेतलाई मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेका छन् ।

बारा प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत बस्नेतले मिनरल वाटर उद्योगका प्रबन्धकको हत्या प्रकरणमा संलग्न अभियुक्तलाई १६ घण्टाभित्रै पक्राउ गर्न सफल भएपछि कदरस्वरुप उनलाई पुरस्कृत गरिएको हो ।

गत मङ्सिर १२ गते बाराको प्रसौनी गाउँपालिका ६ भलुहीस्थित किरण वेभरेज प्रालिका प्रवन्धक राम किशोर सिंहको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । घटनापछि प्रहरी नायब निरीक्षक बस्नेतको नेतृत्वमा अनुसन्धान टोलीले वीरगंज महानगरपालिका २२ का २१ वर्षीय राजन राम र ३२ वर्षीय प्रमोद साह तुरहालाई नेपाल–भारत सीमा क्षेत्रबाट १६ घण्टाभित्रै पक्राउ गर्न सफल भएका थिए ।

सम्बन्धित पोस्टहरुः