नगरप्रमुख सिंहद्वारा खेल क्षेत्रमा प्याब्सनको योगदानको प्रशंसा

वीरगंज । नगरप्रमुख राजेशमान सिंहले प्याब्सनले शिक्षासँग खेल क्षेत्रमा पनि योगदान गरेको बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरगंजको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्रा तथा जुनियर छात्र टि–१० नकआउट क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै नगर प्रमुख सिंहले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै खेलकुद, नृत्य तथा अनुशासन क्षमताको विकास गर्नुपर्नेमा जोड दिए ।

बुधवारदेखि वीरगंज महानगरपालिका–१० स्थित आदर्शनगर रंगशालामा शुरु भएको उक्त प्रतियोगितामा प्याब्सन अन्तर्गतका विभिन्न निजी विद्यालयहरूबाट ३३७ जना छात्रा र ४३४ जना जुनियर छात्रहरूको सहभागीता रहेको छ ।

प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्राज्ञिक परिषद्का केन्द्रीय सदस्य डा. हरिशंकर साह, मधेस प्रदेशका वरिष्ठ सल्लाहकार मनि पाख्रिन, लालबाबु राउत कुर्मी, इमामुदिन अहमद, सुशीला साह, सचिव अशोक संग्रोला, एन प्याब्सन महानगर अध्यक्ष जियालाल साह, प्याब्सन महानगर उपाध्यक्ष शर्मानन्द कुशवाहा लगायतको सहभागिता थियो ।

सम्बन्धित पोस्टहरुः