वीरगंज , पुष – ३
वीरगंजसहित मधेस प्रदेशका विभिन्न जिल्लामा बिहीबार बिहानदेखि चिसो बढेको छ । बारा, पर्सा, रौतहटलगायतका जिल्लामा आज बिहानैदेखि चिसो हावासँगै बाक्लो हुस्सु लागेको हो ।
हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ भने सवारी आवतजावतमा समेत कठिनाइ भइरहेको छ । सडकमा दृश्यता कम हुँदा बिहानै यात्रा गर्ने सर्वसाधारण र सवारी चालकहरू समस्यामा परेका छन् । विशेषगरी राजमार्ग र सहरी सडकहरूमा सवारी साधनहरू बत्ती बालेर सावधानीपूर्वक सञ्चालन भएका छन्।
अघिल्ला दिनको तुलनामा वीरगंजको तापक्रम घटेसँगै चिसोको अनुभूति बढेको स्थानीयवासीले बताएका छन् । चिसो बढेसँगै बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरूलाई विशेष सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् । मौसम अझै केही दिन चिसो नै रहने सम्भावना रहेको बताइएको छ ।















