वीरगंज , पुष – ३
गत भदौ २३ र २४ गते भएको जेन–जेड आन्दोलनको आडमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको निजी घरमा आगजनी र सम्पति लुटपाट गरेको आरोपमा पर्सा प्रहरीले वीरगंज – १० रानीघाट बस्ने रञ्जन सिंह राजपुतलाई पक्राउ गरेको छ ।
मेयर सिंहका घरमा त्योदिन लूटपाटसहितको आगजनी भएपछी उनका परिवारले जिल्ला प्रहरी कार्यालय पर्सा उजुरी दिएका थिए । उजुरी पश्चात पर्सा प्रहरीले राजपूतलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख , प्रहरी उपरीक्षक सुदिप पाठकका नुसार सिंह परिवारको किटानी जाहेरीका आधारमा राजपूतलाई आज विहिबार बिहान पक्राउ गरिएको हो ।
वीरगंज – ३ मा रहेको मेयर सिंहको निजि घरमा भदौ २४ गते आगजनी तथा सम्पति लुटपाट भएको घटनामा राजपूतसहितमा समुह संलग्न रहेको सिंह परिवारको आतोप छ ।
प्रहरीले राजपूतसहित १० जनाभन्दा बढी विरुद्ध घर जलाएको मुद्दा दर्ता भइसकेको जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ ।














