वीरगंज , पुष – ३
पाँचौँ संस्करणको नेशनल इन्फोटेक अन्तरकलेज ट्वान्टी–ट्वान्टी क्रिकेट कपको उद्घाटन खेलमा आयोजक नेशनल इन्फोटेक कलेज विजयी भएको छ । बिहीबार वीरगंजस्थित नारायणी रंगशालामा भएको खेलमा नेशनल इन्फोटेकले कलैयाको बाल एकता कलेजलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको बाल एकता कलेज १७.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ३६ रनमा समेटियो। बाल एकताका लागि निखिल तिवारी र अनिकेत प्रसाद सहनीले सर्वाधिक ११–११ रन जोडे ।
नेशनल इन्फोटेकका बलरहरू प्रथम गुप्ताले ३.१ ओभरमा ३ रन मात्र खर्चिएर ३ विकेट लिए । धिरेन्द्र पासवान, अभय यादव र नीरज पटेलले दुई–दुई विकेट लिए भने मोहम्मद मेराजले एक विकेट लिए।
३७ रनको सामान्य लक्ष्य पछ्याएको नेशनल इन्फोटेकले ५.१ ओभरमै २ विकेट गुमाउँदै ४० रन बनाउँदै खेल आफ्नो पक्षमा पार्योय । डब्लु मल्लिकले १२ बलमा १७ रन बनाए भने सुशान्त सिंहले १२ र आदिल अन्सारीले ९ रन जोडे ।














