वीरगंज , पुष – ३
भारत सीमासँग जोडिएको वीरगंजको मितेरी पुल नजिकबाट प्रहरीले नलकटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
पर्सा प्रहरीका अनुसार वीरगंज महानगरपालिका–१६ स्थित मितेरी पुल नजिकको फुसको घरमा छापा मार्दा एक थान नलकटुवा पेस्तोल र त्यसमा प्रयोग हुने दुई थान गोली बरामद गरिएको हो ।
प्रहरीले पक्राउ गरेकारेका व्यक्तिको सीमाक्षेत्रमा हुने आपराधिक गतिविधिसँग संलग्नता रहेको–नरहेकोबारे अनुसन्धान भइरहेको जनाउँदै हाल उनको परिचय गोप्य राखिएको छ ।
प्रारम्भिक अनुसन्धानपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिने बताइएको छ ।














