रवि लामिछाने थुनामुक्त हुने, उच्च अदालतको जमानत आदेश

वीरगंज , पुष – ३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवलले आदेश दिएको छ। अदालतले २ करोड ६८ लाख रुपैयाँ जमानत बुझाएपछि थुनामुक्त गर्न र सोसँगै थप १ करोड रुपैयाँ धरौटी राख्न आदेश दिएको हो।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार अदालतको आदेशअनुसार तोकिएको रकम बुझाएपछि लामिछाने रिहा हुनेछन्। अदालतको यस आदेशसँगै उनी थुनामुक्त हुने बाटो खुलेको छ।

सम्बन्धित पोस्टहरुः