वीरगंजबाट रु ४ करोड ७७ लाख बढीको सुपारी बरामद

वीरगंज , पुष – ३

वीरगंजबाट प्रहरीले रु. ४ करोड ७७ लाख ४० लाखको सुपारी बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउने तयारि गरेको छ । सुपारी व्यवसायी युवराज पराजुलीले मलेशियाबाट आयात गरेका हुन् ।

वीरगंज भन्सारबाट रु १ करोड ३२ लाख ७३ हजार १२९ राजस्व तिरेर आयात गर्ने कम्पनी ओम साई प्रडक्ट महोत्तरीको गोदाममा लैजानु पर्नेमा वीरगंज -१६ ईनार्वास्थित एक गोदाममा सुपारी अनलोड गरिरहेको पूर्व सूचनाको अधारमा पर्सा प्रहरीले छापा हानी ४ कन्टेनर सुपारी बरामद गरेको हो ।

एक कन्टेनरमा ६० किलोको ४५० बोरा सुपारी छ । १८०० बोरा अर्थात रु ३ करोड ८० लाख मूल्य बराबरको सुपारी वीरगंज भन्सारले मूल्यांकन गरेको छ । जिल्ला प्रसाशन कार्यालय पर्साको टोलीले आफ्नो नियन्त्रणमा लिएको हो ।

रजतजयन्तीमा काठमाण्डौ महानगरपालिका वडा नम्बर १५ बस्ने निशान्त लुनावतले सञ्चालन गरेको गोदाममा उक्त सुपारी राखी अनलोड हुदै थियो । सोहि समयमा भन्सार छालिको आशंकामा सुरक्षा अधिकारीहरु पुगेर आफ्ना नियन्त्रणमा लिएको समाचार प्राप्त भएको हो ।

सुपारी व्यवसायी पराजुलीका गोदाममा काम गर्ने कामदारले सबै कागजात रहेको तर प्रहरीले बलजफ्ती आफ्नो नियन्त्रणमा लिएको बताएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख , प्रहरी उपरीक्षक सुदिप राज पाठकले सुपारी नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धानका लागी राजस्व कार्यालय पथलैयामा पठाउने बताए ।

सम्बन्धित पोस्टहरुः