वीरगंज, ३ पुस । चोरी मुद्दामा लामो समयदेखि फरार रहेका एकजना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले बिहीवार जानकारी गराएको छ ।
पुस २ गते जिल्ला बारा, परवानीपुर गाउँपालिका–५ बाट २८ वर्षीय पुनदेव दासलाई पक्राउ गरिएको जिप्रका, बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्ष्Fक सुरेश राज भट्टले जानकारी गराएका छन् ।
वीरगंज महानगरपालिका–२१ निवासी दासमाथि चोरी सम्बन्धी कसूरमा बारा जिल्ला अदालत कलैयाले दुई वर्ष कैद र २२ हजार जरिवाना तोकेपछि उनी फरार भएका र प्रहरी कारबाहीको सिलसिलामा उनलाई पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ ।









