वीरगंज, ३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम सखुवाप्रसौनी पालिका भेलाले शम्भु प्रसाद यादवको सभापतित्वमा नौ सदस्यीय समिति गठन गरेको छ ।
समितिको उपसभापतिमा सञ्चिता बुढाथोकी, सचिवमा अफजल हुसैन, कोषाध्यक्षमा प्रभु प्रसाद महतो, सहसचिव जनकराज कँडेल र सदस्यहरूमा विरा महतो, अशेशोर साह तेली, निरञ्जन राउत र भोला राउत कुर्मी छन् । भेलालाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति हरी पन्तले भाद्र २३ र २४ को जेन्जी विद्रोहले काङग्रेस, एमाले, माओबादी र मधेसवादी दल जस्ता पुराना दलहरूको सान्दर्भिकता र अस्तित्व सकिएको संदेश दिएको र रास्वपाको महत्व र आवश्यकता स्थापित गरिदिएको बताए । उनले आउँदो चुनावमा रास्वपालाई भारी मतले जिताउन पनि आग्रह गरे ।
भेलालाई उपसभापति तुलसा पौडेल, अमन आलम, सब्बु कँडेल महेन्द्र दास,सोनालाल पटेल लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
रास्वपा क्षेत्रीय सभापति मनोज कुर्मीको सभापतित्वमा सम्पन्न भेलामा कृष्णा पासवानले सहजीकरण गरेका थिए ।














