एनआई कपः नेशनल इन्फोटेक र विपिसी विजयी

वीरगंज, ३ पुस । नेशनल इन्फोटेक कलेजको आयोजनामा एनआई कप–२०८२ अन्तर–कलेज टी–२० क्रिकेट टुर्नामेन्ट बिहीवारदेखि नारायणी रंगशालामा शुरु भएको छ ।

पहिलो खेल बालएकता कलेज र नेशनल इन्फोटेक कलेजबीच भएको थियो । टस हारेर ब्याटिङ गरेको बालएकता १७.१ ओभरमा ३६ रनमै अलआउट भयो । बालएकताका अभिशेक कुमार र अभिशेक के. तिवारीले ११–११ रनको योगदान दिए। नेशनल इनफोटेकका प्रथम गुप्ताले ३.१ ओभरमा ३ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे भने निरज पटेलले ३ ओभरमा २ विकेट लिए।

प्रतिउत्तरमा नेशनल इन्फोटेक कलेजले ५.१ ओभरमै २ विकेट गुमाएर ४० रन बनाएको थियो । डाबली मलिकले १७ रन र सुसान्त सिंहले १२ रनको योगदान दिए । यो खेलमा नेशनल इन्फोटेक कलेज ८ विकेटले विजयी भएको थियो।

दोस्रो खेलमा बिपिसी कलेज र ओम नेशनल कलेजबीच भएको थियो । पहिलो ब्याटिङ गरेको बिपिसीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै १२२ रन बनायो । आयुष गुप्ताले २३ रन र अजाज अलीले २१ रनको योगदान दिए । ओम नेशनलका कुनाल मिश्राले ४ ओभरमा ३ विकेट तथा आदिल हवारीले ४ ओभरमा ३ विकेट लिए।

१२३ रनको लक्ष्य पछ्याएको ओम नेशनल २० ओभरमा ९ विकेट गुमाएर ८४ रनमै सीमित भयो । राहुल टी.के. हजामले ३१ रन बनाए भने शेख साकेतले १० रनको योगदान दिए । ओम कलेजका अजाज अलीले ३ ओभरमा २ विकेट तथा अर्का बलरले ४ ओभरमा २ विकेट लिए। यस खेलमा बिपिसी ३८ रनले विजयी भएको थियो ।

प्रतियोगिताको उदघाटन कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह, क्रिकेट एसोसिएसन अफ नेपालका उपाध्यक्ष रोशन कुमार सिंह, पर्सा क्रिकेट एसोसिएसनका अध्यक्ष मनिष सिंह, नेशनल इन्फोटेक कलेजका निर्देशक तथा कार्यक्रम संयोजक सुधिर पटेल लगायतको सहभागिता थियो ।

सम्बन्धित पोस्टहरुः