वीरगंज , पुष – ४
वीरगंजसहित मधेश प्रदेशका जिल्लामा लगातार चिसो बढ्दै गएको छ । देशको आर्थिक राजधानी वीरगंजमा आज विहान शीतलहर संगै चिसो हावा चलेको छ भने बाक्लो हुस्सु लागेको छ ।
हिजैदेखि पर्सा , बारा , रौतहट लगायत मधेशका जिल्लामा हुस्सुसहित चिसो हावा चल्दा जनजीवन प्रभावित हुन् थालेको छ
वीरगञ्जसहित मधेस प्रदेशका विभिन्न जिल्लामा आज बिहानदेखि चिसो बढेको छ। बारा, पर्सा, रौतहटलगायतका जिल्लामा आज बिहानैदेखि चिसो हावासँगै बाक्लो हुस्सु लागेको हो ।
हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ भने सवारी आवतजावतमा समेत कठिनाइ भइरहेको छ । सडकमा दृश्यता कम हुँदा बिहानै यात्रा गर्ने सर्वसाधारण र सवारी चालकहरू समस्यामा परेका छन् । विशेषगरी राजमार्ग र सहरी सडकहरूमा सवारी साधनहरू बत्ती बालेर सावधानीपूर्वक सञ्चालन भइरहेका छन् ।
चिसो बढेसँगै बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरूलाई विशेष सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् । मौसम अझै केही दिन चिसो नै रहने सम्भावना रहेको बताइएको छ।









