भारत र दक्षिण अफ्रिकाबीचको पाँचौँ तथा निर्णायक टी–२० खेल आज हुने

वीरगंज , पुष – ४
भारत र दक्षिण अफ्रिकाबीचको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेट खेल आज हुँदैछ। अहमदाबादमा आयोजना हुने खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ ।

पाँच खेलको टी–२० शृङ्खलामा भारत हाल २–१ ले अगाडि छ। पहिलो खेल भारतले १०१ रनको फराकिलो जित हात पारेको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५१ रनले पराजित गरेको थियो। चौथो खेल भने बाक्लो हुस्सु र वायु प्रदूषणका कारण रद्द भएको थियो ।

आजको खेल जिते भारतले टी–२० शृङ्खला आफ्नो पक्षमा पार्नेछ भने दक्षिण अफ्रिकाले जिते शृङ्खला बराबरीमा समाप्त हुनेछ। यसअघि यी दुई टोलीबीच भएको टेस्ट शृङ्खला दक्षिण अफ्रिकाले जितेको थियो भने एकदिवसीय शृङ्खला भारतले जितेको थियो ।

सम्बन्धित पोस्टहरुः