भिखारी ठाकुरको १३७औं जन्मजयन्तीमा काव्य गोष्ठी

वीरगंज, ४ पुस ।  भोजपुरी लोकसंस्कृतिका सुप्रसिद्ध नाटककार भिखारी ठाकुरको १३७औं जन्मजयन्तीको अवसरमा भोजपुरी प्रतिष्ठान, वीरगंजले काव्य गोष्ठी आयोजना गरेको छ।

वीरगंज–८ स्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न कार्यक्रममा सहभागीहरूले भिखारी ठाकुरको जीवनयात्रा, उनका सामाजिक चेतनायुक्त नाटक, गीत तथा साहित्यिक योगदानवारे चर्चा–परिचर्चा गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले भिखारी ठाकुरको तस्बिरमा फूल तथा अविर अर्पण गर्दै भोजपुरी भाषा, संगीत, नाटक र लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा उनको योगदान आज पनि प्रेरणाको स्रोत रहेको बताएका थिए।

गोष्ठीमा कविता, मुक्तक र गीतमार्फत ठाकुरको बहुआयामिक व्यक्तित्व र भोजपुरी भाषा–साहित्यमा पु¥याएको अतुलनीय योगदान स्मरण गरिएको थियो ।

प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार गोपाल अश्क, दिनेश गुप्ता, प्रमोद पाण्डेय, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, ऋतुराज पटेल, अजमत अली, छोटेलाल साह, साविर अंसारी, अस्मिता पटेल, अमित अग्रवाल, मुकेश महतो, अजय चौरसियालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका अमोद गुप्ताले गरेका थिए।

सम्बन्धित पोस्टहरुः