वीरगंज , पुष – ४
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले यस वर्ष धान खरिदका लागि मंगलबारदेखि किसानलाई टोकन वितरण सुरु गरेको छ। किसानले पालो कुर्न नपरोस् र धान बिक्री व्यवस्थित होस् भन्ने उद्देश्यले टोकन प्रणाली लागू गरिएको शाखाले जनाएको छ।
सूचना अधिकृत मुनिलाल कुशवाहका अनुसार प्रत्येक किसानलाई ३५ देखि ४० क्विन्टल धान बिक्री गर्न मिल्ने टोकन दिइनेछ। टोकन लिन सम्बन्धित पालिकाको कृषि शाखाबाट सिफारिस अनिवार्य गरिएको छ।
यस वर्ष वीरगन्ज शाखालाई १० हजार क्विन्टल धान खरिदको कोटा तोकिएको छ। शाखाले सोना मन्सुली धान मात्र प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसाको समर्थन मूल्यमा खरिद गर्ने जनाएको छ।















