वीरगंज कपडा बैंकद्वारा निःशुल्क ११५० थान कपडा वितरण

वीरगंज ४ पुस । वीरगंज कपडा बैंकले शुक्रवार ११५० थान नयाँ–पुराना कपडा निःशुल्क वितरण गरेको छ ।

शुक्रवार वीरगंजको घण्टाघरमा गरीब असहायलाई निःशुल्क रुपमा कपडा वितरण गरेको कपडा बैंकका सचिव कन्हैया पटेलले बताए ।

वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको कपडा वितरण कार्यक्रममा अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खडका, सदस्य राहुल गुप्ता, अधिवक्ता बिनोद प्रसाद कुर्मी, अधिवक्ता आशुतोष तिवारी, समाजसेवी हुकुम सिंह, आइज नेपाल पर्सा कोषाध्यक्ष रूपशिला जैसवाल, संस्थाका सल्लाहकार श्रवण बहादुर रायमाझी, सदस्यहरू निला कुमारी राम, जानकी देवी, सञ्जय मण्डल, नवराज भट्टराई, केदार गुप्ता, अभिलाष गुप्ता, सुमित राज गुप्तालगायतको सहभागीता थियो ।

प्रत्येक दिन आइतवारदेखि शुक्रवारसम्म बिहान १०.३० देखि ५ बजेसम्म वीरगंज–८ कार्यालयबाट कपडा बैंकले कपडा निःशुल्क रुपमा गरीबहरुलाई वितरण गर्दै आइरहेको अध्यक्ष्F सिंहले जानकारी गराएका छन् ।

सम्बन्धित पोस्टहरुः