प्याब्सन नकआउटः शुक्रवार पाँच खेल सम्पन्न

वीरगंज, ४ पुस । प्याब्सन वीरगंज छात्रा तथा जुनियर छात्र नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रवार पाँच खेल सम्पन्न भएका छन् ।

पहिलो खेल छात्रातर्फ माउन्ट एडमन्ड र जीवन ज्योति स्कुलबीच भएकोमा माउन्ट एडमन्ड ९ विकेटले विजयी भयो । उत्कृष्ट प्रदर्शन गरेकी स्मृति कुमारी भुलम प्लेयर अफ दि म्याच घोषित भइन ।

दोस्रो खेल जुनियर छात्रतर्फ अल्पाइन र माउन्ट मकालुबीच भएकोमा अल्पाइन २९ रनले विजयी भएको छ । अल्पाइनका अमजद आलम प्लेयर अफ दि म्याच बने ।

तेस्रो खेल छात्रातर्फ गौतम र गुरूकुलबीचको खेलमा गौतम स्कुलले ६० रनको फराकिलो जित हात पार्यो । गौतमकी श्रेष्का बस्नेत उत्कृष्ट खेलाडी घोषित भइन् ।

चौथो खेल छात्रा तर्फ अल्पाइन र एसआर ग्यालेक्सीबीच भएकोमा एसआर ग्यालेक्सीले ५ विकेटको जित दर्ता गरेको छ । यस खेलमा रागनी कुशवाहा प्लेयर अफ दि म्याच बनिन।

पाँचौं खेल जुनियर छात्र तर्फ गौतम र गोल्डेन फ्युचरबीच भएकोमा गोल्डेन फ्युचरले ७ विकेटको जित हासिल गरेको छ । गोल्डेन फ्युचरका रेहान अन्सारी उत्कृष्ट खेलाडी घोषित भएको प्याब्सन वीरगंजका सचिव अमित आलोकले जानकारी गराएका छन् ।

सम्बन्धित पोस्टहरुः