वीरगंज , पुष – ६
राष्ट्रियसभाका सांसदहरूले सरकारको पहिलो सय दिनको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आजको संयुक्त बैठकमा सांसदहरूले तोकिएकै समयमा चुनाव हुन्छ कि हुँदैन भनेर समेत सरकारसँग प्रश्न राखेका थिए ।
एमालेकी सांसद सुमित्रा बिसीले संसद्को सेवा तथा सुविधा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई माग गरिन् । नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले पालिकामा नागरिक सेवाको काम सहज बनाउने गरी कानून निर्माण गर्न सरकारलाई सचेत गराईन । उनले सार्वजनिक खरिदसम्बन्धी आदेशले पालिकामा काम गर्न अप्ठ्यारो भएको समेत उल्लेख गरिन ।
सांसदहरूले सरकारले अत्यावश्यक कानून निर्माणमा चासो नदिएको आरोप पनि लगाएका छन्।














