वीरगंज , पुष – ६
मधेस प्रदेशसभामा रिक्त रहेको सभामुख पदका लागि आइतबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव विजयी भएका छन्।
सात दलीय गठबन्धनबाट यादव र नेकपा एमालेका प्रदेशसभा सदस्य त्रिलोकी प्रसाद सभामुखका उम्मेदवार थिए । जम्मा खसेको ९६ मतमध्ये यादवले ७२ मत प्राप्त गर्दै विजयी भएका छन् भने त्रिलोकी प्रसादले २४ मत पाएका छन् ।
निवर्तमान सभामुख रामचन्द्र मण्डल मंसिर ३ गते पदमुक्त भएका थिए ।














