वीरगंज , पुष – ६
वीरगंज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा २४ सै घण्टा सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याईएको छ ।
आजबाट सुरु भएक सेवाको समुद्घाटन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित गाउँमै सुरक्षित प्रसूती सेवा उपलब्ध गराउन यो केन्द्र सञ्चालनमा ल्याएको बताए । स्वास्थ्य चौकीमा आवश्यक भौतिक संरचना स्तरोन्नति, सेवा विस्तार र जनशक्तिको व्यवस्था मिलाइए समेत प्रमुख सिंहले बताए ।
स्वास्थ्य चौकीमा तालिमप्राप्त दुई जना अतिरिक्त अनमीसहित आवश्यक जनशक्ति राखिएको छ । उक्त स्वास्थ्य चौकीमा पछिल्लो दुई महिनादेखि जनस्वास्थ्य प्रयोगशालासमेत सञ्चालनमा छ ।














