वीरगंज , पूष – ६
वीरगंज–१०, मारवाडी धर्मशालामा मंसिर २७ गते मृत फेला परेकी पर्सागढी नगरपालिका–३ निवासी २१ वर्षीय सुनिता तामाङ (स्याङबो) की आमालाई आर्थिक सहयोग प्रदान गरिएको छ।
लैङ्गिक हिंसा संञ्जाल समितिको कोषबाट मृतककी आमा कान्छीमाया स्याङबोलाई ५० हजार रुपैयाँ दिइएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठकको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो।
कान्छीमाया स्याङबो एकल महिला हुन् र दैनिकी जीवन यापन गर्दै आएकी छन्। उनकाे छोरी नै परिवारको खर्च व्यहोर्दै आएकी थिइन्, तर उनकी छोरीको मृत्यु पछि उनी आर्थिक रूपमा कठिन परिस्थितिमा परेकी छन्।














