वीरगंज, ८ पुस । बार दिवसको अवसरमा सोमवार बिहान वीरगंजमा प्रभातफेरी निकालिएको छ ।
उच्च अदालत बार एसोसिएसन वीरगंज तथा पर्सा जिल्ला अदालत वार एसोसिएसनको संयुक्त आयोजनामा प्रभातफेरी वीरगंज बजार परिक्रमा गर्दै पुनः घण्टाघरमै पुगेर सम्पन्न भएको थियो ।
उच्च अदालत बार एसोसिएसन वीरगंजका अध्यक्ष शैलेन्द्र बर्माको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला वार एसोसिएसनका निबर्तमान उपाध्यक्ष सुधीर कुमार कण, विशिष्ट अतिथिमा जिल्ला बार एसोसिएसनका अध्यक्ष रामनारायण कुर्मी, उच्च अदालत वार एसोसिएसनका सचिव प्रज्वल अधिकारी, उच्च अदालत वार एसोसिएसनका कार्य समिति सदस्य चन्द्रीका प्रसाद पटेल लगायतको सहभागिता थियो ।














