राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । काठमाडौँको कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको भेट करिब ६ घण्टा चलेको थियो ।
छलफल मुख्यतः आगामी चुनावमा सहकार्य र वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने विषयमा केन्द्रित रहेको बताइएको छ । भेटपछि असिम शाहले सामाजिक सञ्जालमा ‘कथाको सुखद शुरुआत भएको’ उल्लेख गर्नुभएको छ ।
सुप्रीम सहकारी ठगी प्रकरणमा थुनामुक्त भएपछि सभापति लामिछानेले राजनीतिक भेटघाटलाई तीव्र बनाउँदै आउनुभएको छ । रास्वपाका नेताहरूका अनुसार लामिछाने–बालेन भेटको विस्तृत जानकारी छिट्टै सार्वजनिक गरिनेछ ।















