हरिखेतान बहुमुखी क्याम्पसमा नेविसंघद्वारा स्ववियु गठन

वीरगंज , पुष – ८

वीरगंजका हरिखेतान बहुमुखी क्याम्पसमा मंगलबार नेपाल विद्यार्थी संघ (नेविसंघ)को पहलमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन भएको छ। भेलाले सुरज यादवको अध्यक्षतामा ११ सदस्यीय स्ववियु गठन गरेको छ।

युनियनको उपाध्यक्षमा रञ्जन गुप्ता, सचिवमा आकाश कलवार, सह–सचिवमा प्रिन्स साह कानु र कोषाध्यक्षमा निभा कुमारी सर्राफ चयन भएका छन् । सदस्यहरूमा इरशाद आलम, दिपेश ठाकुर, रामप्रवेश यादव, चन्दन शर्मा, सुदिप राज ठाकुर र मुस्कान पटेल रहेका छन्।

कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका स्ववियु सभापति तथा नेविसंघ स्ववियु परिषदका केन्द्रीय अध्यक्ष राजकुमार यादवले क्याम्पसका समस्याप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै समाधानका लागि पहल भइरहेको जानकारी दिए । नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारीले विद्यार्थी हित र शैक्षिक गुणस्तर सुधारमा युनियनको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

अध्यक्ष सुरज यादवले विद्यार्थी, प्रशासन र शैक्षिक समस्याको निरन्तर समाधानमा युनियन सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित पोस्टहरुः