वीरगंज, ८ पुस । प्याब्सन टी–१० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलवार पाँच वटा खेलहरू सम्पन्न भएका छन् ।
छात्रातर्फ गुरूकुल एकेडेमी र सनशाइन एकेडेमीबीच भएको प्रतिस्पर्धात्मक पहिलो खेलमा गुरूकुल एकेडेमीले सनशाइन एकेडेमीलाई ८ रनले पराजित ग¥यो । उक्त खेलमा अग्रदा झा प्लेयर अफ द म्याच घोषित भइन् ।
छात्रातर्फ कै दोस्रो खेल एस.आर. ग्यालेक्सी एकेडेमी र ज्ञान वाटिका बीच भएकोमा ग्यालेक्सी एकेडेमीले १३ रनको जीत हासिल गरेको छ । यस खेलकी प्लेयर अफ द म्याच रागिनी कुशवाहा घोषित भइन् ।
तेस्रो खेल जुनियर छात्रतर्फ डोल्फिन एकेडेमी र फुर्कान एकेडेमी बीच भएकोमा फुर्कान एकेडेमीले ६० रनको फराकिलो जित हासिल गर्यो । उक्त खेलका प्लेयर अफ द म्याच सेइख हबीबुल्लाह बने ।
चौथो खेल जुनियर छात्रतर्फ अल्पाइन हाई स्कुल र एस.आर. ग्यालेक्सी एकेडेमी बीच भएकोमा एस.आर. ग्यालेक्सी एकेडेमीले ३ विकेटले जितेको थियो ।यस खेलका प्लेयर अफ द म्याच रितिक कुशवाहा घोषित भए।
अन्तिम खेल छात्रातर्फ साउथ जोन सेकेन्डरी स्कुल र लिटल एन्जेल्स सेकेन्डरी स्कुलबीच भएकोमा साउथ जोनले ८१ रनले जित्दै उक्त खेलकी प्लेयर अफ द म्याच सिवानी साह घोषित भइन् ।














