वीरगंज, ८ पुस । शारदा कला केन्द्र तथा राइज संस्थाको संयुक्त आयोजनामा यस वर्ष पनि फन फेयर–२०२५ को आयोजना हुने भएको छ ।
भारत, रक्सौलको हजारीमल हाई स्कुल परिसरमा बिहीवारदेखि फन फेयर आयोजना हुने केन्द्रकी सञ्चालिका तथा राइज संस्थाकी सचिव शिखा रञ्जनले बताइन् । फन फेयरमा सांस्कृतिक कार्यक्रम, खानपानका स्टल तथा मनोरञ्जनका विविध गतिविधि हुने, सेल्फी प्वाइन्ट निर्माण गरिने शिखा रञ्जनले बताइन् ।
कार्यक्रमको मुख्य उद्देश्य बालबालिकामा रचनात्मकता विकास गर्नुका साथै परिवार, समाज र राष्ट्रप्रति उच्च चारित्रिक मूल्यको स्थापना तथा स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्नु रहेको उनले बताइन्।














