राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रूपमा भेटवार्ता गरेका छन ।
राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा आगामी निर्वाचनका तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ। नवयुवा आन्दोलनपछि शीर्ष नेतृत्वबीच भएको यो पहिलो औपचारिक भेट हो ।
प्रधानमन्त्री कार्कीले दलका शीर्ष नेतासँग संवाद गर्न नचाहेको र त्यसका कारण निर्वाचनको वातावरण बन्न नसकेको चर्चा चलिरहेका बेला राष्ट्रपतिसहित प्रधानमन्त्री र प्रमुख तीन दलका नेताबीच भएको यो छलफललाई राजनीतिक वृत्तले विशेष चासोका साथ हेरिरहेको छ ।















