वीरगंज , पुष – १०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच वान–टु–वान वार्ता भएको छ । ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा दुवैबीच छलफल भइरहेको छ ।
यसअघि सुदन गुरुङ, सुनिल शर्मा, गणेश कार्कीलगायत नेताहरू सहभागी सामूहिक छलफल भएको थियो । पहिलो चरणको बैठकपछि लामिछाने र शाहबीच छुट्टै वान–टु–वान संवाद सुरु गरिएको हो ।
आगामी चुनावलाई लक्षित गर्दै नयाँ राजनीतिक शक्तिहरूबीच सम्भावित तालमेलका विषयमा छलफल भएको बताइएको छ ।















