वीरगंज , पुष – १०
रास्वपा सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफल सकारात्मक रहेको बताएका छन्।
बिहीबार ललितपुरमा भएको छलफल आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरूको एकजुटता बनाउन गरिएको हो।
वार्तामा जेनजी अभियन्ता सुदन गुरुङ, रक्षा बम, पुरुषोत्तम यादव, साथै उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङ, निवर्तमान सांसद अमरेश कुमार सिंह र सुनिल शर्मा पनि सहभागी थिए।














