सञ्चारमन्त्री खरेलको एमाले अध्यक्ष ओलीसँग भेटवार्ता

वीरगंज , पुष – ११

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन । मन्त्री खरेलले ओली निवास भक्तपुरको गुण्डु पुगेर भेट गरेका हुन् ।

भेटमा आउँदो निर्वाचन, चुनावी वातावरण र राजनीतिक सहमतिका विषयमा छलफल भएको बताइएको छ। एमालेले निर्वाचनका लागि उपयुक्त वातावरण बने सहभागी हुने स्पष्ट पारेको छ।

सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने प्रतिबद्धता जनाउने प्रयास गरिरहेको जनाएको छ।

यसअघि मन्त्री खरेलले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो भने आजै नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि छलफल गर्ने तयारी रहेको छ।

सम्बन्धित पोस्टहरुः