वीरगंज , पुष – ११
नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शर्मालाई आज शपथ ग्रहण गराए ।
प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई परराष्ट्रमन्त्रीमा सिफारिश गरेकी थिईन । प्रधानमन्त्री कार्की यसअघि परराष्ट्र मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्दै आएकी थिन ।
यसैसँगै पाँचौँ पटकको मन्त्रिपरिषद् विस्तारपछि सरकारले १५ सदस्यीय मन्त्रिपरिषद् बनाएको छ। पूर्वरथी बालानन्द शर्माले यसअघि सेना समायोजन विशेष समिति सचिवालयको संयोजकको रूपमा पनि कार्य अनुभव प्राप्त गरेका थिए ।














