कालिकामाई गापाका प्रमुख प्रशासकीय अधिकृतको फूलमालासहित स्वागत

पोखरिया, ११ पुस । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाको फूलमालासहित गापा उपाध्यक्ष फुलमती देवी वरैनीले स्वागत गरेकी छन् ।

शुक्रवार हाजिर भई कार्यभार समालेका प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई गापा उपाध्यक्ष फुलमती देवी वरैनीले परिचयात्मक कार्यक्रमको आयोजना गरी स्वागत गरेकी हुन् ।

प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले गाउँँपालिकाको काम कारबाई नियमसंगत गर्ने बताए ।

कार्यक्रममा वडाअध्यक्ष लालबाबु चौरसिया, संजय पटेल, सोनालाल चौरसिया, संजय प्रसाद गोढ, स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया, कृषि प्रमुख रणधिर चौरसिया, जिन्शी प्रमुख बिक्रम चौरसियालगायतको सहभागिता थियो ।

सम्बन्धित पोस्टहरुः