वीरगंज ११ पुस । नेकपा एमाले पर्साका पूर्व अध्यक्ष जयप्रकाश थारू एमाले परित्याग गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।
नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजना भएको समारोहमा थारूसहित पर्सा क्षेत्र नम्बर ४ का सयौं नेता तथा कार्यकर्ता औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् । उनले नेकपाका अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाललगायतका नेताहरुले स्वागत गरेका थिए ।
यसअघि पनि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्व मधेस प्रदेशसभा सदस्य प्रह्लाद गिरी, बिन्दवासिनी गाउँँपालिकाकी उपाध्यक्ष ज्योती चौरसियासहित सयौं नेता तथा कार्यकर्ता एमाले छोडेर नेकपा प्रवेश गरिसकेका छन् ।













