कसरी चिन्ने नक्कली नेपाली नोट ?‘राष्ट्र बैंकका निर्देशक भन्छन्–डिजिटल युगमा सबै संचेत बन्नुपर्छ’

राधेश्याम पटेल,परवानीपुर,१२ पुस

नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयले पत्रकार सम्मेलनमार्फत नक्कली नोट पहिचान गर्ने विधि बारे जानकारी गराएको छ । पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा बरामद भएको

नक्कली नोटले गर्दा चुनावको मुखमा नक्कली नोटको विगविगी बढने जोखिम बढदै गएकोले सर्वसधारणलाई विशेष गरी तीन कुराको बारेमा जानकारी गराउने हेतुले उक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

कार्यालयको सभाहलमा आयोजना भएको पत्रकार सम्मेलनमा नक्कली नोट पहिचान गर्ने विधि,डिजिटल ठगी र वितिय साक्षरता फैलाउनतर्फ राष्ट्र बैंकले थालेको अभियान बारे जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्र बैंक वीरगंजका निर्देशक सुशिल पौडेलले एक साता अघि नेपाल भारत सीमा क्षेत्रबाट १ हजार दरका ११४ थान अर्थात नक्कली नोट बरामद भई आवश्यक कारवाहीको लागि राष्ट्र बैंकमा बुझाएकोले वीरगंज–रक्सौल नाकामा नक्कली नोट चलनचल्तीमा बढन सक्ने भएकाले सबैले संचेत बन्नु पर्ने उनले औल्याए ।

नक्कली नोट हातमा छाम्दा चिप्लो वा पातलो खाले महसुस गरिन्छ,नोटको वीचमा रहेको धागो र नोटको रंग प्रस्ट देखिदैन ।

त्यसैगरी,नक्कली नोट सम हुन्छ,दृष्टिविहिनले छामेर पत्ता लागाउने खालको अग्लो वा होचो हुदैन,साथै, रु ५ सय र रु १ हजारको नोटमा यूबी लाइटले बालेर हेर्दा यी नोटहरु टल्किने गर्छन् । यी विधिबाट नोट पहिचान गर्न सकिने र यदि शंका लागेमा नजिकको प्रहरीमा खबर गरी आवश्यक छानबिन अघि बढाउनेमा उनको अपिल छ ।

त्यसैगरी,डिजिटल ठगीबाट बच्नको लागि आफनो परिचय जस्तै नाम,ठेगाना,बैंकका खाता नम्बर,मोबाइल नम्बर,बैंकको नाम,ओटिपी अतिनै गोप्य राख्ने कुरा भएकोले आफना परिचय र आफनो मोबाइल बैकिङ चलाउने टुल्सहरु अर्थात विभिन्न प्रकारको बैंक तथा वितिय संस्थाका साधनहरुलाई समेत गोप्य राखेर युज गर्नू पर्ने आवश्यक रहेको उनले बताए ।

त्यसैगरी,वितिय साक्षरता बढाउने अभिप्रायले अगामि चैत पहिलो सातामा राष्ट्र बैंकले यसवर्ष ग्लोबल पैसा सप्ताह कार्यक्रम मनाउने लागेको र त्यसको तयारीमा जटेको समेत उनले जानकारी गराए । समाजिक सञ्जालमार्फत रिल्स बनाएर बैंक तथा वितिय साक्षरता बढाउन मद्दत गर्ने कन्टेन्ट क्रियटर जस्तै नियमनकर्ता,बैंकर्स र विद्यार्थीहरु मध्येको उत्कृष्ट रिल्स भिडियो बनाउने क्रियटरलाई राष्ट्र बैंकले सोही सप्ताहमा पुरस्कृत गर्नेछ ।

सम्बन्धित पोस्टहरुः