मदिरा भट्टीमा विष्फोट : एक जनाको मृत्यु ,६ जना घाईते

वीरगंज, पूष -१२

रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योती डिस्टिलरी उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान अचानक बोइलर विष्फोट हुँदा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको हो। विष्फोटमा बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली, प्रेमजित राय र जगदिश राय घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

बिहान ठूलो आवाजसहित विष्फोट भएपछि उद्योग परिसरमा अफरातफरी मच्चिएको थियो। घटनाबारे अनुसन्धान भइरहेको र प्रहरी टोली घटनास्थलमै खटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

सम्बन्धित पोस्टहरुः