रास्वपा–बालेन वार्ता अल्झियो, पावर सेयरिङमा सहमति जुटेन

वीरगंज , पुष – १२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीच शनिबार हुने भनिएको निर्णायक वार्ता अनिश्चित बनेको छ। शुक्रबार रातिसम्मको छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव राखेपछि सहमति हुन नसकेको हो।

श्रोतका अनुसार सभापति रवि लामिछानेलाई अगाडि बढाउने र भावी प्रधानमन्त्रीमा बालेनलाई प्रस्ताव गर्ने विषयमा मोटामोटी समझदारी भए पनि केन्द्रीय समिति र प्रतिनिधिसभा उम्मेदवारीमा बराबर हिस्सा मागिएपछि वार्ता अड्किएको छ।

रास्वपा पक्षले हाल तत्काल वार्ता नहुने बताएको छ भने बालेन समूह कुलमान घिसिङसँगको थप छलफलको प्रतीक्षामा रहेको जनाएको छ। लगातार छलफल भए पनि अहिलेसम्म ठोस निष्कर्ष निस्किएको छैन।

सम्बन्धित पोस्टहरुः