बिरगंज–३१ बेलवामा उपप्रमुख आलमद्वारा निर्माण कार्यको अनुगमन

वीरगंज , पुष – १२

बिरगंज महानगरपालिका वडा नं. ३१, बेलवामा उपप्रमुख इम्तियाज आलमले आफ्नो कोषबाट भइरहेको निर्माण कार्यको स्थलगत अनुगमन गरेका छन । उपप्रमुख आलमले बेलवामा सडक ढलान र रामजानकी मन्दिरको प्रखाल निर्माणको अवलोकन गरेका हुन् ।

केही महिनाअघि रामजानकी मन्दिर व्यवस्थापन समितिले उपप्रमुख आलम समक्ष प्रखाल निर्माणको प्रस्ताव राखेपछि उनले निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।

उपप्रमुख आलमले जनतासँग सधैं साथमा रहेको र सुख–दुःख साटासाट गर्दै भाईचारा कायम गर्दै अघि बढिरहने बताए । उक्त अवसरमा कांग्रेस क्षेत्र नं. २ का सचिव हरि यादव, वडा अध्यक्ष जितेन्द्र यादव, हैदर अंसारी, शेख अमरुल हसन र अन्य स्थानीय बासिन्दाको उपस्थिति थियो।

सम्बन्धित पोस्टहरुः