परवानीपुरमा ११० थान कम्बल वितरण

वीरगंज,१२ पुस –

वीरगंज-२१ परवानीपुरमा ११० जना बिपन्न परिवारलाई शितलहरबाट बच्न कम्बल बितरण गरिएको छ ।

वीरगंज -२१ का पूर्व वडाध्यक्ष एवम नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मियाँको अगुवाइमा कम्बल वितरण गरिएको थियो ।

सो अवसरमा परवानीपुर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक डिकरदेव पन्त , कांग्रेस नेता गरिब साह कानु , अलि अख्तर अन्सारी , अनिल श्रीवास्तव , राजएकबाल यादवलगायतको सहभागिता थियो ।

सम्बन्धित पोस्टहरुः