वीरगंज, १२ पुस । चिसो बढ्दै गएपछि वीरगंज महानगरपालिकाले थप २ दिनका लागि जाडो बिदा दिएको छ ।
नगरभित्र रहेका निजी तथा संस्थागत विद्यालयहरुमा पुस १३ र १४ गते बिदा दिएको महा नगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जारी गरेको सूचनामा उल्लेख छ ।
पुस १५ गते ल्होसार पर्बको सार्वजनिक बिदा परेकाले १६ गतेदेखि मात्रै विद्यालयमा पठपाठन सुचारु हुने जनाएको छ । यसअघि महानगरपालिकाले विद्यालयहरूमा पुस ७ देखि ९ गतेसम्म जाडो बिदा दिएको थियो ।















