२० वटा सामुदायिक कुकुरहरूको बन्ध्याकरण कार्यक्रम

वीरगंज, १२ पुस । सुमार्ग विन्दुआमा फाउन्डेसन तथा नेपाल भेटेनरी एसोसिएसन मधेश प्रदेशको संयुक्त आयोजनामा सामुदायिक कुकुरहरूको बन्ध्याकरण कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंज वडा नं २ क्षेत्रमा रहेका २० वटा सामुदायिक कुकुरहरूको सुरक्षित रूपमा बन्ध्याकरण गरिएको आयोजकले जनाएको छ ।

फाउन्डेसनकी अध्यक्ष प्रतिभा कोइरालाले पशुपन्छी अधिकार संरक्षणका लागि यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताइन् । उनले स्थानीय सरकार, सरोकारवाला निकाय तथा आम नागरिकको आपसी सहकार्य र हातेमालो भएमा मात्र यस्ता अभियानलाई निरन्तरता दिँदै सफल बनाउन सकिने बताइन् ।

नेपाल भेटेनरी एसोसिएसन, मधेश प्रदेशका अध्यक्ष डा. दिनेश तिवारी, सचिव सुभाष सिंह, सह–सचिव तथा वीरगंज महानगरपालिकाको पशु सेवा शाखा प्रमुख डा. सुदिप कुमार शर्मासहित पशु प्राविधिकहरूको टोलीले कुकुरको बन्ध्याकरण गरेका थिए ।

कार्यक्रममा मार्टिन मोक्तान, अञ्जली श्रेष्ठ, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, बबिता पौडेल, भुपेन्द्र पौडेल, सुनिता अग्रवाल, सुनिता बास्तोला तथा कपडा बैंकका अध्यक्ष लालबाबू सिंहलगायतको सहभागिता थियो ।

सम्बन्धित पोस्टहरुः