वीरगंजमा चिसो बढेपछि वडाध्यक्ष कानुद्वारा आगो ताप्ने व्यवस्था

वीरगंज १३ पुस ।  वीरगंजमा चिसो र शीतलहरका कारण दैनिक मजदुरी गर्ने श्रमिक, रिक्सा चालक, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार कानुको नेतृत्वमा वडाका दुई दर्जनभन्दा बढी स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाएको छ ।
आइतवार ठाकुरराम क्याम्पस अगाडि, सत्या हल अगाडि, घडिअर्वा चोक, बाबा मठिया चोक, बनारसी चोक, वर्णवाल चोक, अशोक वाटिका चोक, रानीघाट चोक, घडिअर्वा गाउँ इनार अगाडि, प्रहरी चौकी अगाडि, कुमारी माई मन्दिर अगाडि, कर कार्यालय अगाडि, होली ल्यान्ड स्कुल अगाडिलगायत वडाका विभिन्न दुर्ई दर्जनभन्दा बढी स्थानमा आगो ताप्ने व्यवस्था मिलाएका वडाध्यक्ष कानुले बताए ।
सम्बन्धित पोस्टहरुः